फिदिम । स्थानीय तह २०७९ को निर्वाचनमा प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेश नं १ मा विभिन्न राजनितीक दल र स्वतन्त्र गरी जम्मा ९ हजार ८६४ निर्वाचित बनेका छन् ।
प्रदेश नं १ मा नेकपा एमालेले सबैभन्दा बढि ६८५ पदमा जित हात पारेको छ भने नगर प्रमुखमा १८, उपप्रमुखमा २५, अध्यक्ष्य २४ , उपाध्यक्ष्यमा २९ , वडाअध्यक्ष्यमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२७ र सदस्यमा १ हजार ६५ पदमा जित हासिल गर्दै नेकपा एमाले पहीलो दल बनेको छ ।
दास्रो स्थान बनाएको नेपाली काँग्रेसले प्रमुखमा २१, उपप्रमुखमा ११, अध्यक्षमा ४४, उपाध्यक्षमा ३५, वडा अध्यक्षमा ५५४, महिला सदस्यमा ४३१, दलित महिला सदस्यमा ४२५ र सदस्यमा ८६६ पदमा जितेको छ ।
नेकपा ९माओवादी केन्द्र० प्रदेश नं १ मा ४९५ निर्वाचित भएको छ । माओवादी केन्द्रले अध्यक्षमा १२, उपप्रमुखमा ४, उपाध्यक्षमा १५, वडा अध्यक्षमा १२३, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा १०५ र वडा सदस्यमा १७८ पदमा जित हासिल गर्दै तेस्रो दल बनेको छ ।
यसैगरि जनता समाजवादी पार्टीले पनि ११२ स्थानमा जित निकाल्दै चौथो पार्टी बनेको छ । उसले अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित दलित महिला सदस्यमा २४ र वडा सदस्यमा ४५ जीत हात पारेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले प्रदेशमा १०० पदमा जित निकाल्दै पाँचौ पाटि भएको छ । एकीकृत समाजवादीले प्रमुखमा १,उपप्रमुखमा १, अध्यक्षमा १, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २०, महिला सदस्यमा १५, दलित महिला सदस्यमा १७ र वडा सदस्यमा ४१ जित निकालेको हो ।
प्रतिक्रिया