काठमाडौं । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रमा मौसम बदली छ ।
अहिले प्रदेश(१ र गण्डकीका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।
अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
दिउँसो प्रदेश(१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै हावाहुरीसहित हल्का वर्षाको पनि सम्भावना छ ।
प्रतिक्रिया