Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विद्यालय सञ्चालनमा दोहोरीः डीसीएमसीको बन्द गर्ने निर्णय, गाउँपालिकाको सुचारु गर्ने पत्र « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विद्यालय सञ्चालनमा दोहोरीः डीसीएमसीको बन्द गर्ने निर्णय, गाउँपालिकाको सुचारु गर्ने पत्र

चिन्तन खबर

पाँचथर । पाँचथरमा एकै मितिमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) र एक स्थानीय तहले विद्यालय सञ्चालनका फरक–फरक निर्देशन दिएको पाइएको छ

कोभिड–१९ संक्रमण बढिरहँदा डीसीएमसीले गत २७ पुसमा आधारभूत तथा माध्यमिक विद्यालयहरू १५ माघसम्म बन्द गर्ने निर्णय गरेको थियो। तर पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सोही दिन मातहतका निकायलाई पत्राचार गर्दै विद्यालय नियमित सञ्चालन गर्न भनेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २६ पुसमा कोभिडको तेस्रो लहरको संक्रमणबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त सूचनाका आधारमा २७ पुसमा बसेको डीसीएमसीको बैठकले मासिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्ने र बिदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिकाअनुसार सिकाइमा सहजीकरण गर्ने निर्णय गरेको थियो डीसीएमसीको निर्णय नं.३ मा रहेको उक्त विषय सोही दिन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेद्वारा जारी सूचनाको बुँदा नं.८ मा समेत उल्लेख छ।

यता मिक्लाजुङ गाउँपालिकाले भने २७ पुसमै गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्र लेख्दै विद्यालय नियमित सञ्चालन गर्न गराउन भनेको छ। गाउँपालिकाका आठैवटा वडाका वडाध्यक्षहरू तथा सबै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरूलाई बोधार्थ राखिएको उक्त पत्रमा मिक्लाजुङ गाउँपालिकामा हालसम्म कोभिड संक्रमण नदेखिएको तथा गाउँपालिकाका विद्यालयहरूमा सिकाइ सहजीकरण निर्देशिका पूर्णरूपमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालय नियमित सञ्चालन गर्न अध्यक्ष अमरराज माखिमले पत्राचार गरेको पाइएको छ।

प्रशासनिक निकाय र स्थानीय तहबीच विद्यालय सञ्चालनबारे धारणा बाझिँदा शिक्षक, विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन्। निर्देशनपछि जिल्लाका अधिकांश स्थानीय तहमा भने पठनपाठन बन्द भएको छ।