काठमाडौं । सार्वजनिक सवारीमा फेरि भाडा बढेको छ । आज यातायात विभागलेले एक सूचना प्रकाशन गरेर अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको छ ।
यात्रु बाहकको यातायातका २.५ प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।
यसअघि जठ ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।
प्रतिक्रिया