Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सरकारविरुद्ध फिदिममा युवा संघ र अनेरास्ववियुको मसाल जुलुस « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सरकारविरुद्ध फिदिममा युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

चिन्तन खबर

फिदिम । मूल्य वृद्धि नियन्त्रण, अर्थमन्त्री जनार्दन शर्माको राजीनामा लगायत माग राख्दै पाँचथरमा नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मसाल जुलुस गर्दै विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य वृद्धि रोक्नुपर्ने, जनतालाई मार पर्ने करहरु हटाउनु पर्ने, बजेट निर्माणका क्रममा विचौलियालाई प्रवेश गराएको आरोप लागेका अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, सवारीका साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नियम हटाउनु पर्ने लगायतका माग गर्दै दुई संगठनले फिदिममा आज साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । फिदिमको गेटबाट सुरु भएको जुलुस बजारको परिक्रमापछि गणतन्त्र चोकमा आई कोणसभामा परिणत भएको थियो ।

अर्थतन्त्र धराशायी भइरहेको र जनता आर्थिक संकटमा फसिरहेका बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, करका दर ब्यापारीको हितका लागि परिवर्तन गरी नीतिगत भ्रष्टाचार गर्ने, गम्भीर आरोप लागेका अर्थमन्त्रीलाई पदमा राख्ने जस्ता कार्यका विरुद्धमा दुई संगठनले विरोधको सुरुआत गरेको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्बापोले वताउनुभयो । सरकारले जनताका जायज माग सम्बोधन नगरे निरन्तर आन्दोलनमा उत्रने कार्यक्रम रहेको तुम्बापोले जानकारी दिनुभयो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ पाँचथरका अध्यक्ष कमल थपलियाले सरकार नागरिकप्रति उत्तरदायी नभएको, जनतालाई मार पर्ने र सिमित उद्योगपतिलाई पोस्ने कार्यमा लागेकाले आफूहरु विरोध उत्रनुपरेको वताउनुभयो । एमालेसम्वद्ध जनसंगठनहरुको दबावले विगतमा पेट्रोलियम पदार्थको मूल्य घटाउनुका साथै इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयबाट पछि हटेको सरकारले यस पटक जनताले थेग्नै नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा नागरिकले सास्ति भोग्नु परेकाले आफूहरु निरन्तर आन्दोलित हुनुपरेको थपलियाको भनाई छ ।

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका क्रममा गम्भीर गैरकानूनी कार्य गरेको आरोप लाग्दा समेत पदबाट नहटाइनु, प्रधानमन्त्री र मन्त्रीका आफन्तहरु राज्यलाई क्षति पुग्ने गरी ठेक्कापट्टाको सेटिङमा सम्लग्न हुनु, जनतालाई बढ्दो महंगीमा राहत पुग्ने कुनै कार्यक्रम नल्याइनु जस्ता विषयमा आफूहरु मौन रहन नसक्ने ती संगठनको भनाई छ ।