काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको सूचना जारी गरेको छ ।
विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।
प्रतिक्रिया