पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

चिन्तन खबर

बागमती । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ ।

यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् ।

मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।