काठमाडौं । लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ ।
आइतबार ललितपुरस्थित चुम्लुङहिममा नाटक मञ्चन गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालार्इ सागर केरुङ्ले लेख्नुभएको हो ।
नाटकको निर्देशन यासेली योङ्हाङ् गर्नुभएको हो।
लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिवेक बेघा लगायतले अभिनय गर्नुभएको थियो ।
प्रतिक्रिया