पाँचथर । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा पाँचथरका दुई जना पत्रकारले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का उपाध्यक्ष समेत रहनुभएका प्रेस युनियन पाँचथरका पूर्वअध्यक्ष लवदेव ढुङ्गानाले युनियनको प्रदेश नं. १ तर्फबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै युनियन पाँचथरका निवर्तमान अध्यक्ष भीमकुमार बाँस्कोटाले युनियनको केन्द्रीय सदस्यमा खुल्लातर्फबाट उम्मेदवारी दिनुभएको छ ।
शुक्रवारबाट वाग्मती प्रदेशको राजधानी हेटौंडामा सुरु हुने युनियनको नवौं महाधिवेशनमा पाँचथरका उम्मेदवारद्वयले पेशागत सुरक्षा तथा मर्यादित पत्रकारिता, टे«ड युनियन अधिकार, प्रेस स्वतन्त्रता लगायत विषयलाई एजेण्डा बनाउनु भएको छ ।
प्रतिक्रिया