काठमाडौं । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)ले आज काठमाडौंमा जनप्रदर्शन गर्दै छ । एमालेले आज दिउँसो २ बजे जनप्रदर्शन गर्दै छ ।
गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो।
वसन्तपुरबाट शुरू हुने र्यालस्मा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने एमालेले जनाएको छ ।
प्रतिक्रिया