काठमाडौं । नेपालमा पहिलो पटक क्यारेम च्याम्पियन सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम हुनुभएको छ । उहाँ नगद ५० हजार हात पार्नुभयो । प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभ्रेका करण मगर र सान्त्वना ललितपुरका कविन सुनुवाल विजयी हुनुभएको छ । बिजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारेम फेडेरेसनका महासचिव भिभेक देस नारानले नगद पुरस्कार ट्रफि र प्रमाण पत्र वितरण गर्नुभयो । विजयीहरुलाई दोस्रो हुनेलाई २५ हजार तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगद सहित ट्रफी र प्रमाण वितरण गरिएको थियो ।
अल नेपाल क्याराम एसोसिएसनको आयोजनमा साउन १३ र १४ गते काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा देशभरका एक सय प्रतियोगीहरूको सहभागिता भएको संस्थाका अध्यक्ष विनिता अर्यालले बताउनु भयो ।
करिव १८ लाखको लागतमा सम्पन्न प्रतियोगिता सुरेन्द्र ढकाल फाउण्डेसनले एक लाख र उपसेनानी शौभाग्य देउजा स्मृति प्रतिष्ठानले ५० हजार वरावरको टी सर्ट सहयोग गरेको र अन्य रकम आन्तरिक ढंगबाट व्यवस्थापन गरिएको संस्थाका प्रेस संयोजक ईश्वर अर्यालले बताउनु भयो ।
संस्थाले आगामी अक्टोवरमा मलेसियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फवाट सहभागि हुने तयारी गर्दै गरेको समेत जानकारी गराएको छ ।
खेलकुदको रुपमा ग्रहण नगरिएको क्यारेमलाई संस्थागत गर्दै नेपाल सहित विश्वमा पहिचान गराउने र लुकेका प्रतिभाहरूको उजागर गर्ने अभिप्रायले संस्थाको सुरु भएको अध्यक्ष अर्यालले बताईन् । संस्थालाई आगामी दिनमा देशका सबै जिल्ला र प्रदेश स्तर सम्म गठन र पुनर्गठन गर्ने पनि अध्यक्ष अर्यालले बताउनु भयो ।
प्रतिक्रिया