काठमडौं । सर्वोच्च अदालतले बर्खास्त गरिएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही नगर्न आदेश दिएको छ ।
सरकारले आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारका नाउमा कारण देखाऊ आदेश दिएको छ ।
सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने सरकारको यसअघिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै बिहीबार यो मुद्दाको किनारा नलाग्दासम्म कुनै कारबाही नगर्न भनेको हो ।
प्रतिक्रिया