Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा एमालेबाट प्रतिनिधिसभामा पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा एमालेबाट प्रतिनिधिसभामा पूर्वमन्त्री नेम्वाङ सर्वसम्मत सिफारिस

चिन्तन खबर

फिदिम । नेकपा (एमाले) पाँचथरले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

आज फिदिममा सम्पन्न एमाले जिल्ला कमिटी पाँचथरको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउन माथिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटीका सचिव विष्णुप्रसाद सापकोटाका अनुसार जिल्ला कमिटीको बैठकमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नेम्वाङले मात्रै आकाङ्क्षा राख्नुभएकाले उहाँको नाम सर्वसम्मत सिफारिस भएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ भने केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्य नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूले आकाङ्क्षा राख्नुभएको छ । जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सम्बाहाम्फे, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू, प्रदेश कमिटीका सदस्यहरु लगायत नेताहरु समेत सहभागी रहनुभएको सापकोटाले वताउनुभयो ।

२०७४ मंसिरमा सम्पन्न निर्वाचनमा पाँचथर जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ठूला पूर्वाधार विकास तथा विकास निर्माणका कार्यलाई द्रूततर गतिमा अघि बढाउन सक्षम मन्त्रीका रुपमा राष्ट्रिय स्तरमा चर्चाको विषय बन्नुभएको थियो ।

जिल्लालाई पूर्ण विद्युतिकरण गर्न, ठूला सडक सहितका पूर्वाधारका आयोजनाको सुरुआत गर्न नेम्वाङले खेल्नुभएको भूमिकाका कारण उहाँको प्रसंशा हुने गरेको छ । नेम्वाङले लोकप्रिय मत पाउने देखिएपछि एमालेले उहाँलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको सचिव सापकोटाले वताउनुभयो ।

नेम्वाङ पाचौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लाग्नुभएको हो । उहाँ २०४८ र ०५६ को आम निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने ०५१ को मध्यावधि निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

दुवै संविधानसभाका निर्वाचनमा एमालेका तत्कालीन नेता गणेशकुमार काम्बाङलाई पार्टीको उम्मेदवार बनाई निर्वाचन जिताउन लाग्नुभएका नेम्वाङ ०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भई प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।