पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फोटो पत्रकार महासंघ तेह्रथुममा उमेश

चिन्तन खबर

तेह्रथुम । नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमको दोस्रो अधिवेशन उमेश नेपालीलाई अध्यक्षमा चयन गर्दै बसन्तपुरमा सम्पन्न भएको छ ।

११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमशः बिवेक भगत प्रधानाङग, विनोद भटराई, साबित्रा घोर्साने र तुलसीराम धमला रहेका छन् । समितिको सदस्यहरुमा क्रमशः अनीलकुमार खोजु, मदनकुमार लिम्वु, विकास गुरुङ, निरज पुवार खड्का, सुरज पोखरेल र रविकिरण मादेन चयन भएका छन् ।

अधिवेशन महासंघका निवर्तमान उपाध्यक्ष उमेश नेपालीको अध्यक्षता, महासंघ १ नम्वर प्रदेश समितिका सचिब रमेशचन्द्र अधिकारीको प्रमुख आतिथ्यता र प्रदेश समिति सदस्य चन्द्र कार्कीको आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सचिव अधिकारीले समाजलाई नकारात्मक भन्दा सकारात्मक सन्देश दिने तस्वीरहरु खिच्न फोटो पत्रकारहरुलाई आग्रह गरे । समाजलाई सन्देश दिने खालका ‘तस्वीर आफैँ बोल्छ’ भन्ने फोटो खिच्न अधिकारीले आग्रह गरे ।

अधिवेशनले अध्यक्ष उमेश नेपाली, सचिब विनोद भटराई, सहसचिब सावित्रा घोर्साने र प्रदेश समिति सदस्य चन्द्र कार्कीलाई महाधिवेशन प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ । आगामी भाद्र २९, ३० र ३१ गते चितवनमा महासंघको केन्द्रीय अधिवेशन हुंदैछ । त्यस्तै अधिवेशनले पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष नरेश ढुंगाना, महासंघकै पूर्वसचिव तिर्थ कटुवाल र फोटो पत्रकार महासंघ जिल्ला समितिका निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमलाई सल्लाहाकारको रुपमा चयन गरेको नवनिर्वाचित अध्यक्ष नेपालीले जानकारी दिए ।

अधिवेशनले महासंघ जिल्ला समितिको आयोजनामा आगामी मंसिर महिनामा छथर गाउँपालिकाको शुक्रवारेमा फोटो पत्रकारिता तालिमको आयोजना गर्ने निर्णय समेत गरेको नवनिर्वाचीत अध्यक्ष नेपालीले वताए । अधिवेशन पछि नवनिर्वाचित अध्यक्ष नेपालीले जिल्लाका फोटो पत्रकारहरुको व्यसायिक क्षमता विकास गराउने र फोटोको माद्यमबाट जिल्लाको पर्यटकीय, धार्मिक, आर्थिक, कृषि लगायत क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउने काममा जिल्ला शाखा लागिपर्ने वताए ।