फिदिम । आगामि मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वारहरुको नाम धमाधम सिफारिस भइरहेको छ । पाँचथरमा पनि दलहरुले उम्मेद्वारहरुको नाम सिफारिस गर्ने क्रममा छ । माओवादी केन्द्रले पनि बुधबार सम्भावित उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । यस अघि नेकपा(एमाले), नेपाली कांग्रसले उम्मेद्वारहरुको नाम सिफारीस गरीसकेको छ ।
माओवादीले प्रतिनिधिसभा सदस्यका लागि देश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो सर्वसम्मत सिफारीस हुनुभएको छ भने समानुपातिक तर्फमा नरबहादुर दुलाल सिफारिस हुनुभएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा पनि प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोकै नाम सिफारीस भएको हो ।
नाम सिफारिसमा परेको छ । मिक्सोसँगै उक्त क्षेत्रबाट हालकी प्रदेश सांसद सीता थेबे (प्रमिला) र लालबहादुर गुरुङ सिफारिस हुनुभएको छ ।
प्रदेश (ख) मा भने हालका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र शंखध्वज नेम्वाङ सिफारिस हुनुभएको हो । आङ्बो माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ । माओवादीले प्रदेशसभा समानुपातिकतर्फ जुनु लावती, होमबहादुर जबेगु, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनी खत्रीलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया