एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको यूकेको बकिंघम राजप्रासादले घोषणा गरेको छ।
उनी ९६ वर्षकी थिइन्। उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन्।
उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए। ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् ।
पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको राजकीय भ्रमण गरेकी छन् ।
प्रतिक्रिया