फिदिम । पूर्वी पहाडका पाँचथर, इलाम र धनकुटालाई जोड्ने राँके–रबि–भेडेटार सडक निर्माण सुरुआत भएको दशकौं भयो । तर यो सडक विस्तार र कालोपत्रेको कार्य हुन सकेको थिएन । केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धनको सरकार बनेपछि यो सडक कालोपत्रेको कार्य अघि बढ्यो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा यो सडक निर्माणका लागि भारतीय आयात–निर्यात (एक्जिम) बैङ्कबाट सहुलियतपूर्ण ऋण गर्ने घोषणा भएबमोजिम सडक निर्माण सुरुआत भएको थियो ।
नेपाल सरकारले समेत लगानी गर्ने गरी निर्माण सुरुआत भएको यो सडक एक्जिम बैङ्कको शर्तबमोजिम भारतीय निर्माण कम्पनीले मात्रै कालोपत्रे निर्माण गर्नसक्ने प्रावधानका कारण भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले ठेक्का प्राप्त ग¥यो । सम्झौताभएको लामो समयपछि निर्माण सुरुआत भयो, केही समय निर्माण कम्पनीले आशातीत काम पनि ग-यो । तर विस्तार सडक निर्माणले गति लिन सकेन ।
२०७५ साल पुस २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको बहुप्रतिक्षित यो सडक निर्धारित ३ वर्षको म्याद सकिएर थप भएको ९ महिनाको अवधिमा निर्माण कार्य करीब २० प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनीले कालोपत्रे निर्माणको कार्य अघि नबढाउँदा सडकको दुरावस्था छ भने यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सडक निर्माण सम्पन्न नभएपछि यस क्षेत्रका सर्वसाधारण निराश र आक्रोशित बनेका छन् ।
सडक निर्माण भइरहेकै समयमा करीब डेढ वर्ष पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको थियो । पटक–पटक सडकको स्थलगत अनुगमन गर्नुभएका नेम्वाङ मन्त्री छँदासम्म सडक निर्माणको प्रगति करीब १५ प्रतिशत पुगेको थियो ।
रुख कटानी, विद्युतका पोल हटाउने, घर टहरा तथा पाटी पौवा हटाउने, धार्मिक तथा साँस्कृतिक स्थलहरु रहेका क्षेत्रमा सडक विस्तारलाई अघि बढाउने कार्य नेम्बाङ्ग मन्त्री भएपछि निकै तीब्र गतिमा अघि बढेको थियो । कोभिड–१९ को महामारीपछि भने निर्माण कम्पनीले बहाना बनाएर काम करीब ठप्प पारेको अवस्था छ ।
सडक निर्माणका लागि भारतीय कम्पनीसँग भएको सम्झौता ०७८ पुसमै सकिएको थियो । तर सरकारले एक वर्ष म्याद थप गरेको छ । यस विषयलाई लिएर पूर्वमन्त्री नेम्वाङ तथा यहि सडक क्षेत्र रहेको इलामबाट प्रतिनिधित्व गर्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ‘काम नगरेको’ भनि प्रश्न उठ्ने गरेको छ । प्रस्तुत छ, यस विषयमा पूर्वमन्त्री नेम्वाङसँग गरिएको कुराकानीः
प्रतिक्रिया