विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, आरुआइटी बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको मिति २०७८ मंसिर २० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको छ ।
प्रतिक्रिया