Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा एमालेको चुनावी कार्यक्रम सुरु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा एमालेको चुनावी कार्यक्रम सुरु

चिन्तन खबर

च्याङथापू (याङवरक) । पाँचथरमा नेकपा (एमाले) आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी कार्यक्रम थालेको छ । पूर्वी पाँचथरको च्याङथापूबाट एमालेले चुनावी कार्यक्रम सुरुआत गरेको हो ।

पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ र २ को संयुक्त कार्यक्रममार्फत उक्त अभियान सुरु भएको एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो । आज सुरुआत भएको अभियानलाई एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रस्तावित उम्मेदवार वसन्तकुमार नेम्वाङ र प्रदेशसभा क का लागि प्रस्तावित उम्मेदवार राजकुमार भण्डारीले चुनावी कार्यक्रमलाई सम्बोधन गर्नु भएको छ ।

सम्बोधनमा प्रदेश क का प्रस्तावित उम्मेदवार भण्डारीले देश निर्माण गर्ने जिम्मेवारी एमालेको भएको र अन्य दल भागबण्डा मिलाएर स्वार्थ पूरा गर्न लागेको वताउनुभयो । उहाँले लोकप्रिय कार्यक्रमहरुमार्फत एमाले महिला, बालबालिका र जेष्ठ नागरिकको मन जितिरिहेको वताउनुभयो । उहाँले एमालेले कुण्ठित भएका आवाजहरुलाई बुलन्द गरेका कारण चौतर्फी घेराबन्दी गरिएको वताउनुभयो ।

यस्तै एमाले पाँचथर इन्चार्ज एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले एमालेको नेतृत्वमा तीन वर्षको अवधिमा पूर्वाधार विकासको कार्यले गति लिएको वताउनुभयो । “दूरदराजका गाउँगाउँमा बिजुली पुर्याउने, नेपाली भूमि फिर्ता गर्न पहल गर्ने, सीमा सुरक्षाका लागि बीओपी राख्ने, सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्य एमालेकै नेतृत्वमा सम्भव भएका हुन्”, नेम्वाङले भन्नुभयो, “तर हामी सरकारबाट हटेपछि महंगीले भ्रष्टचारले सीमा नाघेको छ । न्यायालय समस्यामा छ, विकास ठप्प छ । सबै समस्या समाधान गर्न पुनः केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्छ ।”

एमालेमा प्रवेश

एमालेको अभियानका क्रममा याङवरक १ मा नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा क्रियाशील रहेका दीपक चौहान, जीतबहादुर प्याकुरेल, संगीता राई, धनप्रसाद मगर लगायत एमालेमा प्रवेश गरेका हुन् ।

जेष्ठ नागरिक र युवालाई सम्मान

त्यस्तै एमाले याङवरक गाउँपालिका वडा नं. १ कमिटीले लामो समयदेखि पार्टीलाई सहयोग गर्दै आएका ५२ जान जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस्तै वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्ने २०० जना युवालाई समेत एमालेले सम्मान गरेको छ ।

उहाँहरुलाई पूर्वमन्त्री नेम्वाङ, एमाले जिल्ला अध्यक्ष भण्डारी, प्रदेश कमिटी सदस्य आशारत्न जबेगू, एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ, याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर (सुवास) योङया लगायतले सम्मान गर्नु भएको हो ।