काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि २ लाख ३१ हजार १४५ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । १५ हजार म्यादी प्रहरीको माग भएपनि सो संख्यामा आवेदन आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख ७१ हजार ५२ जना पुरुष र ६० हजार ९३ जना महिलाले आवेदन दिएको प्रहरी ले जनाएको छ ।
काठमाडौं उपत्यकामा ९ हजार ७१, प्रदेश १ मा ३५ हजार ४९०, मधेसमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०१, गण्डकीमा १७ हजार ४०१, लुम्बिनीमा ४४ हजार ७, कर्णालीमा १४ हजार ७७५ र सुदूरपश्चिममा २२ हजार ४१६ जनाको आवेदन परेको छ ।
प्रतिक्रिया