Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा एमालेका उम्मेदवार मतदाताका घरघरमा पुग्दै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा एमालेका उम्मेदवार मतदाताका घरघरमा पुग्दै

चिन्तन खबर

फिदिम । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई मत माग्दै नेकपा (एमाले)का उम्मेदवारहरु पाँचथरका विभिन्न गाउँ वस्तीमा मतदाताका घरघरमा पुगिरहेका छन् ।

जनसमक्ष गई जनताका पीर मर्का, गुनासा, समस्या तथा आवश्यकताबारे छलफल गर्ने क्रम नेकपा (एमाले) पाँचथरले गत असोज दोश्रो साताबाटै सुरुआत गरेको थियो । एमाले पाँचथरले प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको मनोनयनपछि भने निर्वाचन लक्षित भेटघाट कार्यक्रम तय गरी मतदाताका घर घरमा पुग्ने क्रम जारी रहेको नेकपा (एमाले) पाँचथरका उपसचिव पृथ्वी लावतीले जानकारी दिनुभयो ।

एमालेले प्रतिनिधि सभा सदस्यमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश सभा क को उम्मेदवारमा पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारी र प्रदेश सभा ख को उम्मेदवारमा पार्टी केन्द्रीय कमिटी सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङलाई उम्मेदवार बनाएको छ । तीनै जना उम्मेदवारहरु उम्मेदवारी मनोनयनपछि मतदाताका घर घरमा पुग्ने क्रम चलिरहेको एमाले पाँचथरले जनाएको छ ।

प्रदेश सभा क्षेत्र नं. क तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारका तर्फबाट जिल्लाको हिलिहाङ गाउँपालिकाका सात वटै वडाका तीन दर्जनभन्दा बढी टोलमा भेटघाट, छलफल तथा अन्तरक्रियाका कार्यक्रम सम्पन्न भएको छ । यस्तै हिँजोबाट याङवरक गाउँपालिकाको वडा नं. १ र २ का विभिन्न टोलमा स्थानीय मतदातासँग अन्तरक्रिया सुरु भएको एमाले पाँचथर जिल्ला कमिटीका सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रदेश सभा ख तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारका तर्फबाट फिदिम नगरपालिकाका वडा नं. ५, ६ र ९ तथा फाल्गुनन्द गाउँपालिकाका सात वटै वडामा ३० वटाभन्दा बढी टोलमा भेटघाट, छलफल तथा अन्तरक्रियाका कार्यक्रम सम्पन्न भएको एमाले पाँचथर जिल्ला कमिटीका सचिवालय सदस्य एवं फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

अन्तरक्रियाका क्रममा मतदाताहरुले विगतमा सुरुआत भएका पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, विद्युतिकरण, खरको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । यस्तै कृषिको विकास, लघु तथा घरेलु उद्योगको विकास र पशुपालनमा सहयोग गर्न, सिंचाईं, खानेपानी लगायत सुविधा विस्तारलाई प्राथमिकता दिन एमाले उम्मेदवारहरुलाई मतदाताले सुझाव दिनुभएको छ । निर्वाचन अभियानमा एमाले प्रदेश कमिटीका नेताहरु, जिल्ला, पालिका तथा वडा कमिटीका नेताहरु, भातृ तथा जनवर्गीय संगठनका नेताहरु समेत सहभागी रहनुभएको छ ।