पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपाले जारी गर्यो घोषणा पत्र, के-के छन एजेण्डा ?

चिन्तन खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

राप्रपाले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ ।

राप्रपा घोषणापत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दालाई अगाडि सारिएको छ ।

राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ ।