Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘सिङ्गो जिल्लाको शीर ठाडो पारेको छु, लावतीको सपना पूरा गरेको छु’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘सिङ्गो जिल्लाको शीर ठाडो पारेको छु, लावतीको सपना पूरा गरेको छु’

चिन्तन खबर

फिदिम । आफ्नो जन्मथलो फिदिम नगरपालिका–१ माथिल्लो गाउँका आफन्तहरुसँगको भेटघाटमा पूर्वमन्त्री एवं नेकपा (एमाले)बाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वसन्तकुमार नेम्बाङले डेढ वर्ष मन्त्री छँदा आफूले सिङ्गो जिल्लाको शीर ठाडो पारेको वताउनुभएको छ । उहाँले पञ्चायत कालबाट जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिनुभएका पूर्वमन्त्री पद्मसुन्दर लावतीका कतिपय सपना समेत आफूले पूरा गरेको वताउनुभयो ।

चुनाबी भेटघाटका क्रममा शुक्रवार नेकपा (एमाले) फिदिम नगरपालिका १ नम्बर वडा कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा नेम्बाङले परिवारको गरिमालाई उच्च बनाउँदै सिङ्गो जिल्लाले गर्व गर्ने र राष्ट्रले आशा गर्ने वातावरण बनाएको वताउनुभयो । “तपाईंहरुलाई धन्यवाद छ, अघिल्लो पटक पनि जिताएर सांसद् बनाउनु भयो । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई धन्यवाद छ, विश्वास गरेर कोही सफल नभएको मन्त्रालय मलाई दिनु भो”, नेम्बाङले भन्नुभयो, “तर हामीले पूर्वाधार विकासमा जसरी परिवर्तन ल्यायौं त्यसले सिङ्गो देशलाई नयाँ आशा दियो । हाम्रो जिल्लाको शीर ठाडो भयो ।”

जनताको परीक्षण र सरकार सञ्चालनको कक्षामा आफू सफल भएको वताउँदै उहाँले मौका दिई सफल बनाउन सहयोग गरेकामा जिल्लावासीलाई धन्यवाद दिनुभयो । “आज पाँचथर जिल्ला मेरो नामले परिचित हुँदा सबैले गर्व गर्नुपर्छ”, नेम्बाङले भन्नुभयो, “मैले तपाईंको मतले शीर ठाडो हुने काम गरेको छु । यो सबै काम सिङ्गो जिल्लाका लागि हो । अब फेरी त्यो ठाउँमा पु¥याई दिनुहोस् भन्न आएको छु ।”

घरघरमा पानी दिने, घरघरमा विजुली पु¥याउने, फुसको छानो हटाउने, सामाजिक सुरक्षा भत्ता बढाउने, गाउँगाउँमा अस्पताल बनाउने, स्वास्थ्य बीमामार्फत निःशुल्क उपचार गर्ने, ठूला पूर्वाधारका आयोजना बनाउने काम एमाले सरकारले गरेको उहाँले वताउनुभयो । नेम्बाङले पञ्चायतबाटै जिल्लाको विकासको जग हाल्ने दिवङ्गत नेता पद्मसुन्दर लावतीका सपना पनि आफूले पूरा गरेको वताउनुभयो । लावतीले यासोकको भदौरेमा कालोपत्रे सडकमा पुग्ने, यासोकबाट उत्तरे हुँदै राँके जोड्ने सडक कालोपत्रे गर्ने र सबै घरमा विजुली जडान गर्ने सपना राखेपनि सो पूरा गर्न नसकेको तर आफू मन्त्री बनेपछि उक्त सपना पूरा हुने मार्गमा अघि बढेको नेम्बाङले वताउनुभयो ।

नेम्बाङले प्रदेशमा एमालेको एकल सरकार बन्ने स्थिति बनेकाले प्रदेशको मन्त्री र मुख्यमन्त्री बन्ने सम्भावना भएका नेता राजकुमार भण्डारीलाई पाँचथरको विकासमा अब आफ्नो ‘हल’ बाँधिदिन आग्रह गर्नुभयो । पाँचथरमा प्रत्येक गाउँ वस्ती, जगरबगर, माटो, प्रकृति सबै जान्ने मानिस भएकाले भण्डारीको विजय जिल्लाको विकासमा लागि अपरिहा¥य रहेको नेम्बाङको भनाई थियो ।

एमालेको सरकार बनेमात्रै एमालेको घोषणापत्रमा उल्लेख भएबमोजिमका २० ग्यारेण्टिमार्फत जनताको जीवनस्तर उकास्न, राष्ट्रियताको सम्वर्द्धन गर्न, राष्ट्रको ढुकुटी बलियो बनाउने, रोजगारी सिर्जना र आयस्तर बढाउन, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउन सम्भव रहेकाले एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्न नेम्बाङले अपील गर्नुभयो ।