काठमाडौं । माओवादी केन्द्रको पदाधिकारीको बैठक आज पनि बस्दै छ । आजको बैठमा सरकार निर्माण तथा निर्वाचनको समीक्षा हुने स्रोतले जनाएको छ ।
शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान सबै विकल्प खुला गरेको छ ।
अब बन्ने सरकारमा गठबन्धनलाई नै निरन्तरता दिने कि अन्य दलहरुसँग मिलेर जाने भन्ने विषयमासमेत छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया