Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिफा विश्वकप फुटबलमा आज राउण्ड १६ को अन्तिम २ खेल हुँदै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिफा विश्वकप फुटबलमा आज राउण्ड १६ को अन्तिम २ खेल हुँदै

चिन्तन खबर

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज राउण्ड १६ को अन्तिम दुईवटा खेल हुँदै छन् ।

आजको पहिलो खेलमा मोरक्को र स्पेन एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे भिड्दैछन् ।

दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बनेको थियो ।

त्यस्तै, दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि(क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।