Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फ्रान्सका फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फ्रान्सका फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

चिन्तन खबर

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको भोलिपल्ट बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् । मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।

तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहेरु पनि विश्वकप गुमाएका थिए। ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भए । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।

‘म आज जुन स्थानमा छु, यसका लागि मैले गरेका प्रयासहरुमा मलाई गर्व छ। यसक्रममा गल्तीहरू पनि भएका छन्’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस क्रममा मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ।’

सन् २००७ मा डेब्यु गरेका उनले प्रशिक्षक डेसचम्प्सको नेतृत्वमा फ्रान्सेली राष्ट्रिय टोलीसँग उथलपुथलपूर्ण सम्बन्ध सहेका छन्। सन् २०१६ को यूरो र सन् २०१८ को विश्वकपबाट बाहिरिनु अघि उनले प्रमुख प्रतियोगितामा फ्रान्सको प्रतिनिधित्व गरे। तर सन् २०१५ मा, बेन्जेमा फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परे।

त्यसको पाँच वर्षपछि सन् २०२० को युरोमा पुनरागमन गरे। स्विटजरल्याण्डसँग पेनाल्टी सुटबउटमा पराजित भएर बाहिरिनु अघि उनले युरोका ४ खेलबाट ४ गोल गरेका थिए। त्यसपछि, उनले नेसन्स लिगको उपाधि फ्रान्सलाई जिताएका थिए।

३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरूद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ। त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भए पनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए। फ्रान्सका लागि ९७ खेल खेलेका उनले ३७ गोल गरेका छन्।