Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
श्रीमतीलाई करेन्ट लगाएर मारे, अनि भाइसँग मिलेर सडकमा फाले « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

श्रीमतीलाई करेन्ट लगाएर मारे, अनि भाइसँग मिलेर सडकमा फाले

चिन्तन खबर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार विहानै खबर आयो – वीरगन्ज महानगरपालिका २७ जसौलीस्थित सडकमा एक महिलाको शव लडिरहेको छ। खबरप्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मी (पर्साको), वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको नेतृत्वमा छुट्टा छुट्टै टोली घटनास्थलतर्फ लाग्यो।

कच्ची बाटोको किनारमा शव टाउको किचिएको अवस्थामा थियो। सडक नै रगताम्य थियो। त्यहीँ नजिकै छ कुशल दासको घर। सडकमा भेटिएको शव कुशलकै श्रीमती ३० वर्षीया रिंकु कुमारीको रहेको खुल्यो। प्रहरीले कुशलसँग प्रारम्भिक सोधपुछ थाल्यो। शवको पनि अनुसन्धान तथा जाँच गरियो। मृतकको हत्केलामा पोलेको दाग जस्तो देखियो। प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गर्यो। मृतकका श्रीमान कुशलसँग पनि यस विषयमा सोध्यो।

निक्कैबेरको प्रहरीको केरकारपछि कुशलले घटना आफूले घटाएको स्वीकार गरे। मंगलबार राति श्रीमतीलाई करेन्ट लगाएको उनले स्वीकार गरे। हातमा करेन्ट लगाएपछि रिंकुको मृत्यु भएको र त्यसपछि भाइलाई बोलाएको कुशलले प्रहरीलाई बताएका छन्। त्यसपछि उनले २८ वर्षीय भरत दासलाई बोलाए। दाजु भाइले सल्लाह गरे। सडकमा लगेर गाडीले ठक्कर दिएर ज्यान गएको जस्तो बनाउने सल्लाह भयो।

भरत दासले ना ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो चलाउँछन्। त्यही बोलेरोमा हालेर शव घर अगाडि सडकमा पुर्याए। गाडीले टाउकोमा किचेर गाडी लुकाएको खुलेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए। उनीहरुले घटनापछि लुकाएको गाडी वीरगन्ज महानगरपालिका १७ अलौ स्थित ह्याचरीभित्र लुकाएको अवस्थामा फेला परेको छ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको डीएसपी गिरीले बताए। कुशलले श्रीमती पर पुरुषसँगको सम्बन्धमा रहेका कारण हत्या गरेको प्रहरीलाई बताएका छन्। कुशल र भरतलाई पक्राउ गरेर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।