काठमाडौं । आज बेलुकी ५ बजे सम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिले समय तोकिएपछि आज नेताहरुको नयाँ सरकार गठनका लागि दौडधुप देखिएको छ ।
प्रचण्डले आफु प्रधानमन्त्री बन्ने भन्दै सत्ता गठबन्धनमा दाबी नछोडेपछि गठबन्धन लगभग टुट्ने निश्चित बनेको छ ।
गठबन्धन बनाएरै चुनाव लडेका काङ्ग्रेस, माओवादी, एकिकृत समाजवादीका नेताहरुले प्याकेजमै सहमती हुने बताउँदै आएपनि अन्तिम समयमा को पहिलो पालोमा प्रधानमन्त्री बन्ने भन्ने सहमती हुन नसेपछि गबन्धन नै टुट्ने सम्भावना देखिएको हो ।
प्रधानमन्त्री निवास वालुवाटार आज विहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्ड बैठक छाडेर बाहिरीएका थिए ।
बैठकबाट बाहिरीएका प्रचण्ड आफ्नो निवास खुमलटार पुगेर तत्काल ओलीलाई भेट्न बालकोट मोडिए । अहिले ओली निवास बालकोटमा अध्यक्षद्वयको भेटबार्ता भइरहेको बालकोट स्रोत जनाएको छ ।
नेकपा एमाले अध्यक्ष ओली निवास बालकोटमा यस अघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सपापति रवि लामिछाने पुगेका छन् ।
यससंगै सरकार गठनका नयाँ परिदृष्य देखिएको छ ।
प्रतिक्रिया