पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा विमान दुर्घटनाः ६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन्

चिन्तन खबर

काठमाडौं। पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।

सो कार्यालयका प्रमुख एसपी अजय केसीका अनुसार तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए। प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए।

“खोंचमा तीन जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन”, उनले भने “क्रेन पनि प्रयोग गर्‍यौं। तर त्यसबाट पनि सम्भव भएन।”

यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ। घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा–१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेकामध्ये पाँच जनाको सनाखत भएको छ। लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया, निरा छन्त्यालको सनाखत भएको छ।