पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राउन सुगर सहित ४ जना पक्राउ

चिन्तन खबर

विर्तामोड । झापाका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका–३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय सन्देश राई र २० बर्षीय सन्तोष राजवंशी रहेका छन् । घरैमा लागूऔषध भण्डारण गरी लागूऔषधको बेचबिखन गरेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ उनको घरबाट नै पक्राउ गरेको थियो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवाइलल समेत बरामद गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले बुधवारेबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा अटोमा लुकाई ल्याउदै गरेको लागूऔषध ब्राउनसुगर ५ ग्राम ११० मिलिग्राम सहित तामाङ, राई र राजवंशीलाई बुधवारेबाट पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।