काठमाडौं । देशका विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् ।
नेपाल प्ररहीको केन्द्रीय समाचार कक्षका अनुसार नवलपरासीको कावासोती नगरपालिका(१७ अमलटारीस्थित नारायणी नदीको भंगालोमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका–६ स्थित गिरनारी कुट्टीमा अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको कैलाश गाउँपालिका–६ पकने मराङसिङस्थित बारीमा पनि धादिङ गजुरी गाउँपालिका–४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ सालघारी वनमा सोही गाउँपालिका कात्तिके बस्ने ६४ वर्षीय ईक बहादुर खड्का चोट लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया