काठमाडौँ । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४४ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । पश्चिमी क्षेत्रका केही घर भत्किएको पनि जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नयन रावलले भूकम्पको धक्काका कारण धेरै मानिस घर बाहिर आए पनि अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको बताए ।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महसुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महसुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
प्रतिक्रिया