पोखरा । बाथरुमभित्र आत्मदाह गरेका व्यक्तिलाई बचाउन गएकी महिलाको मृत्यु भएको छ ।
पोखरा–१३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो । आइतबार संगीताको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
क्षेत्रीलाई उद्धार गर्न जाने क्रममा संगीता पनि जलेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगोले जलेकी महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राति साढे ११ बजे मृत्यु भएको जनाएको छ ।
घाइते कृष्णको उपचार भइरहेको छ। घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ । कृष्णको तुलनामा संगीताको शरीरको अधिकांश भाग (करिब ८० प्रतिशत) जलेको थियो।
प्रतिक्रिया