काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि यातायात नचलाउने यातायात मजदुर संगठनले घोषणा गरेका छन् ।
आफूहरुले सरकारसमक्ष राखेका १० बुँदे माग पूरा नभएसम्म कुनै पनि सवारी नचलाउने एक विज्ञप्ती मार्फत उनीहरुले सरकारलाई चेतावनी दिएका हुन् ।
विभिन्न मागसहित यातायात व्यवसायी तथा मजदुरहरुले आज दिनभर काठमाडौंको नयाँ बसपार्क र गोँगबु एरियामा प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीको भ्यान समेत जलाएका छन् भने प्रहरीले हवाइ फायरसमेत गरेको छ ।
प्रतिक्रिया