दक्षिण कोरिया । नेपाल आदीवासी जनजाति महासंघ, जेजु दो शाखा दक्षिण कोरियाको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्याक्रममा बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष दिल बहादुर मगरले प्रस्तुत गर्नुभएको थियो । विधान निर्माण समिति संयोजक अर्जुन तुम्बापोवाट विधान अनुमोदन प्रस्तुत भएको थियो । कोषाध्यक्ष सरू राई वाट वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत संगसंगै नेफिन जेजु शाखा संमन्वय समिती संयोजक सुमन हाङस्रोङ लाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जेजू शाखा अध्यक्ष सुमन हाङस्रोङको प्रमुख आतिथ्यतामा तथा नेपाल आदिवासी जनजाति महासंघ जेजू शाखा संरक्षक तथा कियाचु उपाध्यक्ष अर्जुन तुम्वापो विशेष अतिथ्यतामा सम्पन्न भएको हो ।
कियाचु जेजू प्रतिनिधि तथा कोषाध्यक्ष मन कुमार तुम्रोक, नेपाल तामाङ घेदुङ संघ जेजु सचिव खगेन मोक्तान, तमुधी जेजुका निवर्तमान अध्यक्ष मन गुरुङ, सोलुखुम्बु समाज सेवा जेजू संयोजक गोकुल शर्मा, एनआरएनएका निवर्तमान अध्यक्ष कोमल प्याकुरेललगायत व्यक्तिहरूले कार्यक्रममा शुभकामाना मन्तव्य राख्नुभएको थियो ।
सगिफो–सी रेजिना फेन्सन स्थित भएको कार्यक्रम गजिन हाङस्रोङको अध्यक्षय सम्पन्न भएको हो ।
प्रतिक्रिया