पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमबारे रोचक तथ्य !

चिन्तन खबर

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा जो कोहीले पनि गर्ने गर्छन् तर, यसलाई महसुस गर्ने र बुझ्ने विरलै भेटिने गरेको जान्नेहरुले बताउँदै आएका छन् ।

प्रेमलाई केही दार्शनिकहरुले आफूभित्रको शक्तिका रुपमा पनि लिने गरेका छन् । केही व्यक्तीहरु प्रेममा असफल भएको भन्दै आत्महत्यासमेत गर्ने गरेका घटना थुप्रै छन् । यद्यपी प्रेमबारे रोचक तथ्यहरु पनि थुप्रै पाउन सकिन्छ । जसमध्येका केही अनौठा घटनाहरु यसप्रकार छन् ।

विश्वमा सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ ।

वैज्ञानिक अनुसन्धानका आधारमा राम्रो शरीरभन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ ।

विश्वमा करीब तीस लाख व्यक्ती दैनिकजसो ‘डेट’ मा जाने गर्दछन् ।

अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय श्रीमतीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए ।

प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’लाई सन् १२५० बाट सुरु गरिएको थियो ।

सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेलबाट भागेका थिए ।

साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८औं शताब्दीबाट भएको थियो ।