Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण

चिन्तन खबर

फिदिम । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले छिमेकी मित्रराष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरे सहित तीन वटै सुरक्षा निकायका प्रमुखहरुले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मंगलबार निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरी चौकी च्याङथापू तथा शसस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, शिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनिकरणमा केन्द्रीत हुन निर्देशन दिनुभयो । सो क्रममा सुरक्षा निकायको टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतहरुलाई भेटि सीमा सुरक्षा र अपराध न्यूनिकरणका विषयमा छलफल गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दू समेत रहेको उक्त क्षेत्र बहुमूल्य जडिबुटी र जंगली जनावर पाइने स्थान हो । यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय चोरी, शिकार र निकासी समेत हुने गरेको स्थानीयवासीले गुनासो गर्ने गरेका छन् । दुई वर्षअघि यस क्षेत्रको चिवाभञ्ज्याङ र लामपोखरीमा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (विओपी) स्थापनापछि भारतीयले निर्वाध रुपमा नेपाली भूमिको उपभोग गर्ने, नेपाली जडिबुटी तथा बन्यजन्तुको शिकार गर्ने क्रम भने घटेको छ ।

निरीक्षणमा प्रजिअ गैरेसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ हरि खतिवडा, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख अइन्द्रराज नेम्बाङ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख तुलसी कट्टेल सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस जिल्लाको भारतसँग ४५ किलोमिटर सीमा क्षेत्र जोडिन्छ । पाँचथरमा मात्रै सशस्त्र प्रहरी बलका चार स्थानमा बिओपी स्थापना गरिएका छन् ।