काठमाडौं । पश्चिमि वायुको प्रभावले अहिले देशका विभिन्न स्थानमा बर्ष भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भू(भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू(भागका थोरै स्थानहरुमा तथा तराई भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया