पाँचथर । पाँचथरको कुुम्मायक गाउँपालिकाको यासोकमा आयोजिक चौथो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाले जितेको छ ।
बुधवार पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित फाइनल खेलमा फाल्गुनन्द गाउँपालिकामाथि ३–१ को सहज जित निकाल्दै याङवरकले उपाधि उचालेको हो । खेलको ६ मिनेटमै याङवरकका टिम कप्तान सुुमन योङ्याले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । रक्षात्मक बनेको फाल्गुुनन्दले खेलमा फर्कदैं ३३औं मिनेटमा बराबरी गोल ग¥यो । फाल्गुनन्दका लागि विनोद नेम्बाङले गोल गरे । तर आक्रामक खेल प्रदर्शन गरेको याङवरकका लागि पुुस्कर काम्बाङले ३८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
दोश्रो हाफमा दुवै टिमले गोल गर्न पाएका केही मौका गुुमाएका थिए । दोश्रो हाफको ३१औं मिनेटमा फाल्गुनन्दका विनोद नेम्बाङले ‘वान भर्सेस वान’ को स्थितिमा समेत गोल गर्नबाट चुकेका थिए । दोश्रो हाफको १७औं मिनेटमा याङवरकका लागि कप्तान सुुमन योङ्याले पुुनः गोल गर्दै गोलअन्तरलाई फराकिलो बनाए । फाल्गुनन्दले गोल गर्न गरेका केही राम्रा प्रयासमा याङवरकका गोलरक्षक रबिन बेघा बाधक भइदिँदा याङवरकका लागि जित सहज बनेको थियो ।
उपाधिसँगै याङवरकले रु. १ लाख ११ हजार १११ पुरस्कार सहित तीन वर्षे ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता फाल्गुनन्दले रु. ५५ हजार ५५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिनुुभयो । प्रतियोगिताका विजेता र उपविजेतालाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि कुुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुुरस्कार प्रदान गर्नुुभयो ।
फाइनल खेलमा दुुई गोल गरेका याङवरकका योङ्या प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित हुँदै पुरस्कृत भए । फाइनल खेलको उत्कृष्ट खेलाडी याङवरककै पुुष्कर काम्बाङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी याङवरक जमिन लिम्बू घोषित हुँदै रु. १५ हजार पुुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उदयमान खेलाडी कुम्मायक गाउँपालिकाका सुशील लावती, उत्कृष्ट गोलकिपर याङवरकका रविन बेघा, उत्कृष्ट डिफेन्स फाल्गुनन्दका विदेश आङ्देम्बे, उत्कृष्ट मिडफिल्डर फाल्गुनन्दकै ऋतिक आङदेम्बे र उत्कृष्ट प्रशिक्षक याङवरकका तुफान क्षेत्री घोषित हुँदै जनही रु. ५ हजार पुरस्कार प्राप्त गरे ।
कुम्मायक गाउँपालिकाको प्रवद्र्धनमा कुम्मायक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहको सहभागिता थियो ।
प्रतिक्रिया