पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा उछाल

चिन्तन खबर

काठमाडौं । आज सेयरजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ प्रतिशतले उकालो लागेको छ । आज कारोबार सुरु भएदेखि नै उकालो लागेको नेप्से परिसूचक ४।९३ प्रतिशतले बढेर बन्द भएको हो ।

यो भनेको ९२.२२ अंकको वृद्धि हो । ९२ अंकले बढेसँगै नेप्से परिसूचक १९ सय ६३ अंकमा पुगेको छ । यसक्रममा आज कारोबार रकम पनि बढेको छ ।

६१ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा १ हजार ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर बढेको छ । कारोबार भएकामध्ये २१८ वटै कम्पनीको सेयर मूल्य बढेको हो । आज ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबार भएका सबै समूहमा समेत सुधार आएको छ । १३ वटा समूहमध्ये १३ वटै समूहमा सुधार आएको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूहमा ४४३ अंकको सुधार देखिएको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३४३ अंकको सुधार आउँदा उत्पादनमूलक उद्योग समूहमा २१८ अंकको सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।