Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
जनता ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गयोः अध्यक्ष लिङ्देन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

जनता ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गयोः अध्यक्ष लिङ्देन

चिन्तन खबर

फिदिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गर्नुभएको छ ।

जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर सङ्कटको डिलमा पुगेको लिङ्देनको भनाई छ । राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आज फिदिम स्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने वताउनुभयो ।

आफ्नो पैतृक थलो पाँचथर आएका लिङ्देन उक्त कार्यक्रममा विभिन्न दलबाट ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि उत्साहित देखिनुभएको थियो । मुलुकमा अहिलेकै ब्यवस्था र प्रवृत्ति ठीक छ भन्ने र ठीक छैन् भन्ने दुई कित्तावीच संघर्ष चलिरहेको वताउँदै लिङ्देनले अहिलेको ब्यवस्थाले जनताको अवस्थामा परिवर्तन गर्दैन भन्ने निश्कर्ष राप्रपाको रहेको र सो कुरा बारम्बार पुष्टि भइरहेको दाबी पनि गर्नुभयो ।

आम क्षेत्रमा समस्या भोग्नु परेपछि जनतामा विकल्प नखोजी भएन भन्ने छटपटि रहेको तर त्यो छटपटिले उपयुक्त विकल्प नभेट्टाउँदा ‘तावाबाट उम्केको माछा भुँग्रोमा पर्छ’ भने झैं भएको लिङ्देनको भनाई छ । संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दू राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान ब्यवस्थाका पक्षधर दलहरुलाई ‘नक्कली’को संज्ञा दिनुभएको हो । “ठिक ढङ्गले पहिचान गर्न नसक्दा जनता नक्कलीको फेला परे”, उहाँले भन्नुभयो, “जनता पटक–पटक नक्कलीका फेला परेका छन् । फेरी नक्कलीको फेला पर्नु हुँदैन् ।”

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले जनतालाई जातअनुसारको राज्य दिन्छु भन्नेहरु सत्ताको नेतृत्वमा हुँदा पूर्वका लिम्बूहरु लिम्बुवानको लडाईं लडिराख्नु परेको छ वताउँदै यस्तो लडाईं लड्नुपर्ने दिन किन आयो ? भन्ने प्रश्न गर्नुभयो । यहि ब्यवस्थाबाट मुलुकमा सुधार हुन्छ भन्नु र प्रश्न उठाउँदा प्रतिगमन हुन लाग्यो भन्नु हास्यास्पद भएको उहाँको टिप्पणी छ ।

‘अर्थतन्त्रका कारण मुलुक पतन हुनसक्छ’

अध्यक्ष लिङ्देनले ऋण काढेर कर्मचारी र जनप्रतिनिधि पाल्नुपर्ने तथा चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य नभएको वताउनुभयो । “सरकार स्वयंले संकलित राजश्वले कर्मचारीलाई तलव खुवाउन नसकिएको वताउँछ । अर्थतन्त्रमा सुधार गर्न नसक्नु, अर्थतन्त्र सञ्जिती घट्दै जानु, ब्यवसायी पलायन हुनुपर्ने अवस्था ठूला राजनीतिक दलका कारण सिर्जना भएको हो । ठूला दल सत्तालाई पहिलो र प्राथमिक विषय बनाएर हिँडेका कारण यो स्थिति सिर्जना भएको हो”, उहाँले भन्नुभयो ।

शिक्षा, स्वास्थ्य, न्यायालय, प्रशासन सबैमा भद्रगोलको स्थिति सिर्जना भएको, संस्थानहरु समेत बजारमा पैसा पठाउनुको सट्टा ब्याजमा लगाएर गफ हानेर बसेको, ऋणीहरुले ऋण नपाएको अवस्थाप्रति गम्भीर हुन उहाँले आग्रह गर्नुभयो । “हामीले ठिक ढङ्गले दबाव सिर्जना गर्न सकेनौं भने देश पतनको बाटोमा जान्छ । पतनबाट रोक्न जनता जाग्न जरुरी छ”, लिङ्देनले भन्नुभयो, “सङ्कट समाधान गर्न ब्यवस्था परिवर्तन आवश्यक छ । हाम्रो दबाव ब्यवस्था परिवर्तनका लागि हुन्छ ।”

सामान्य रुपमा देशको अवस्था ठिकठाक देखिएको, विकास र पूर्वाधार निर्माण भएको देखिएको तर देश ठीक अवस्थामा अघि बढ्न नसकेको, देश ओरालो लाग्ने क्रम निरन्तर रहेको वताउँदै लिङ्देनले देशले कुन समयमा घुँडा टेक्छ भन्ने टुङ्गो नभएको वताउनुभयो ।

‘गाली गरेर होइन्, स्पष्ट कार्यक्रम लिएर हिँडेका छौं’

अध्यक्ष लिङ्देनले आफ्नो दल नयाँ रहेको वताउनुभयो । उहाँले राप्रपाले अरुलाई गाली गरेर होइन्, सुस्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागिपरेको दाबी गर्नुभयो । “रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रुपमा दिने राप्रपाको दृष्टिकोण रहेको छ”, लिङ्देनले भन्नुभयो, “सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा हामीले भ्रष्टाचार गर्दैनौं भन्ने पुष्टि गरेर सरकार छाडेका छौं । सरकारमा गएपछि कर्मचारीले घुमाउछन् र भ्रष्टाचार गर्छन् भन्ने कुरा सत्य होइन् । नेताले कर्मचारी बिगारेका रहेछन् भन्ने बुझेर आएको छु ।”

जनताले धेरै दल मिलेपछि मात्रै सरकार बनाउन मिल्ने जनमत दिएपछि नेपालको सरकार कस्तो हुनुपर्छ, कस्को हुनुपर्छ भन्ने नेपालको निर्णायकत्व आफैं निर्माण गर्न सरकारमा जाने सहकार्य सहकार्य राप्रपाले गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सो कार्य सम्भव नभएको उहाँले संकेत गर्नुभयो ।

कार्यक्रममा राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले मुलुकमा राजनीतिक सङ्कट आएपछि जनता जाग्ने गरेको इतिहास रहेको वताउँदै मुलुकलाई समस्यामा जानबाट रोक्न जनता जागरुक हुनुपर्ने वताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङ, केन्द्रीय सदस्य मानदेव केरुङ लगायतले समेत आफ्ना धारणा राख्नुभएको थियो ।

सोही कार्यक्रममा राप्रपाबाट वडाध्यक्ष निर्वाचित फिदिम नगरपालिका–४ र १० का वडाध्यक्षद्वय उपेन्द्र लावती र ओमराज थाम्सुहाङ तथा अन्य वडा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा २०० बढी राप्रपामा प्रवेश गरेको सो दलले जनाएको छ ।