काठमाडौं । नेपाल एसिसी प्रिमियर कपमा नेपालले कतारलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४०।३ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए । आसिफ शेखले १९ रन बनाए ।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए भने सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन जोडे ।
प्रतिक्रिया