Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरक अध्यक्ष कप फुटवलको उपाधि वडा नं. ३ लाई « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरक अध्यक्ष कप फुटवलको उपाधि वडा नं. ३ लाई

चिन्तन खबर

नेत्रप्रसाद कोइराला
थर्पु, १६ वैशाक ।

पाँचथरको याङवरक गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. ३ ओयामले जितेको छ ।

वैशाक १४ गतेदेखि १६ गतेसम्म थर्पु क्याम्पसको खेलमैदानमा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा वडा नं. ५ लाई पराजित गर्दै वडा नं. ३ ले उपाधि उचालेको हो । वडा नं. ३ ले वडा नं. ५ लाई ४ का विरुद्ध ५ गोल गर्दै उपाधि उचालेको हो ।

याङवरक गाउँपालिका भित्रका खेलाडीहरुको खेल क्षमता विकास गर्दै खेलाडी उत्पादन, फुटवल खेलाडीको पहिचान तथा खेलकुदको ब्यवसायिक विकास गर्ने उद्देश्यसहित याङवरक गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा छ वटा वडाका वडा स्तरीय फुटवल टिमले दुई समूहमा रहि लीगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने वडा नं. ३ ले ८५ हजार रुपैयाँ, द्वितीय हुने वडा नं. ५ ले ४५ हजार रुपैयाँ र तृतीय भएको वडा नं. ४ ले २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाले खेलाडीको खाने र बस्ने ब्यवस्था समेत मिलाएको थियो ।

यस्तै प्रतियोगितामा सबै खेलका म्यान अफ दी म्याच सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच याङवरक–३ का सुमन योङ्या घोषित भए ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी याङवरक–५ का जमिन लक्सम, उत्कृष्ट गोल रक्षक याङवरक–३ का विज्ञान प्रसाईं, उत्कृष्ट डिफेन्डर याङवरक–३ का सुजन योङ्या र सर्वाधिक गोलकर्ता याङवरक–३ कै मनिल योङ्या पुरस्कृत भए ।

प्रतियोगिताको समापन कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास), हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बो, याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन, सबै वडाका वडाध्यक्षहरु सहित जनप्रतिनिधि, विभिन्न दल तथा संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति थियो ।

याङवरकले खेलकुदका विभिन्न विधामा जिल्ला स्तरमा उपाधिहरु उचालिरहेकाले गाउँपालिका भित्रका खेलाडीको खेल क्षमता विकास तथा उर्जा थप्न गाउँपालिकाले प्रतियोगिता आयोजना गर्न थालेको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाई छ ।