Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नागरिकता विधेयकका विषयमा राष्ट्रपति कानुनविद्हरुसँग छलफल गर्दै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नागरिकता विधेयकका विषयमा राष्ट्रपति कानुनविद्हरुसँग छलफल गर्दै

चिन्तन खबर

काठमाडौं । नागरिकता विधेयकका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरुसँग छलफल गर्दैछन् । आइतबार दिउँसो उनले नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए । लगत्तै राष्ट्रपतिले कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।