Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पुनर्निर्माण गर्ने सहमतिपछि भत्काइयो ‘लिम्बुवान गेट’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पुनर्निर्माण गर्ने सहमतिपछि भत्काइयो ‘लिम्बुवान गेट’

चिन्तन खबर

फिदिम । मेची राजमार्गको फिदिम बजार खण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बुवान गेट’ भत्काइएको छ ।

बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि हिँजो साँझ उक्त प्रवेशद्वारलाई भत्काइएको हो । उक्त प्रवेशद्वारको संरक्षण गर्दै आएका संस्थाहरु सहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा प्रवेशद्वार भत्काइएको हो । मेची राजमार्गको फिदिम बजार खण्ड विस्तार गर्दा उक्त प्रवेशद्वार सडकको वीचमा पर्ने भएपछि भत्काउन लामो समयदेखि छलफल चलेको थियो । उक्त प्रवेशद्वारलाई पुरानै स्वरुपमा बजार क्षेत्रमा निर्माण गर्ने सहमतिपछि भत्काइएको हो ।

फिदिमको मेनरोडको माछापुच्छ«े बैङ्क छेउ, फिदिम माध्यमिक विद्यालयको खेलमैदानअघि र पुरानो बसपार्क आसपासका तीन स्थानमध्ये एक उपयुक्त स्थानमा प्रवेशद्वार निर्माण गर्ने सहमतिपछि प्रवेशद्वार भत्काइएको हो । लिम्बुवान गेट ब्यवस्थापन समितिका संयोजक मधु केरुङको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रहरी नायव उपरीक्षक हरि खतिवडाको उपस्थितिमा सम्पन्न बैठकले प्रवेशद्वार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय ‘लिम्बुवान गेट’ नामले परिचित उक्त प्रवेशद्वार ८ मिटर चौडा सडकमा निर्माण भएको थियो । तर मेची राजमार्गको फिदिम बजार क्षेत्रको १.७ किलोमिटर सडक १७ मिटर चौडा गर्ने क्रममा प्रवेशद्वार भत्काउनुपर्ने अवस्था आएको हो । संघीय सरकारको लगानीमा विस्तार भइरहेको फिदिम बजार क्षेत्रको सडक कालोपत्रेको चरणमा पुगेपछि प्रवेशद्वार भत्काइएको हो ।

उक्त प्रवेशद्वार वि.सं. २०४२ सालमा निर्माण गरिएको थियो । पञ्चायती शासन ब्यवस्था २५ वर्षमा प्रवेश गरेका अवसरमा रजत वर्ष मनाउन प्रवेशद्वार निर्माण भएको थियो । दिवङ्गत राजा वीरेन्द्रको पाँचथर सवारी हुँदा सोही प्रवेशद्वारमा भब्य स्वागत गरिएपछि धेरैले यस प्रवेशद्वारलाई राजा वीरेन्द्रको चिनोको रुपमा लिने गरेका थिए । निर्माणपछि प्रवेशद्वारमा राजाको श्रीपेचको आकृति राखिएको थियो ।

जनआन्दोलन २०६२÷०६३ पछि तत्कालीन नेकपा (माओवादी)ले श्रीपेचको आकृति मेटाएको थियो । पाँचथरको सदरमुकाम फिदिम उक्त प्रवेशद्वार निर्माण गर्दा सोही प्रवेशद्वारसम्म मात्रै बजार क्षेत्र रहेकाले बजारको सुरुविन्दूमा प्रवेशद्वार बनाइएको थियो । तर बजार विस्तार हुँदै गएपछि अहिले उक्त स्थान बजारको मध्यभागमा परेको छ ।

पूर्वमा लिम्बुवान आन्दोलन चर्कदैं गएपछि लिम्बुवान पक्षधरहरुले प्रवेशद्वारको रङ्गरोकन गरी लिम्बू (याक्थुङ) जातिको प्रतीक चिन्ह सिलामसाक्माको आकृति यस प्रवेशद्वारमा राखेका थिए ।

यस्तै च्याब्रुङको आकृति, प्रस्तावित लिम्बुवान क्षेत्रको नक्सा र ‘लिम्बुवान राज्यमा स्वागत छ’ भन्ने शब्दावली समेत प्रवेशद्वार लेखिएको थियो । यसपछि उक्त प्रवेशद्वारलाई धेरैले ‘लिम्बुवान गेट’ भन्न थालेका थिए । पर्यटकहरुलाई उक्त प्रवेशद्वारले लिम्बुवान क्षेत्रबारे जानकारी दिने गरेको थियो ।

प्रवेशद्वार भत्काइएपछि छनौट भएका तीनमध्ये एक उपयुक्त स्थानमा फिदिम नगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकार र सहयोगी ब्यक्ति तथा संघ संस्थाको लगानीमा प्रवेशद्वार निर्माण गर्ने सहमति पनि भएको छ ।