काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावलाई लक्षित भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार केन्द्रीय कमिटी बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए ।
‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा बार्षिक कार्ययोजना बन्नेछ’, रिजालको भनेका छन् ।
दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका थिए ।
प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए ।
प्रतिक्रिया