काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा संसदको अवरोध हटाउने विषयमा छलफल भएको बुझिएको छ । त्यस्तै उनीहरुबीच प्रधानन्यायाधीश सिफारिसका लागि पनि छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाशमा जादैछन् ।
प्रतिक्रिया