काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको सपथ कार्यक्रम स्थगित भएको छ । माओवादी केन्द्रले आफ्ना दलका तर्फबाट बन्ने मन्त्रीको टुगों नलगाएपछि सपथ कार्यक्रम रोकिएको हो ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा एसले मन्त्रीको टुंगो लगाएपनि माओवादीले मन्त्रीको टुंगो लगाउन नसकेपछि स्थगन भएको हो ।
मुख्यमन्त्रीको शपथग्रहण बिहान १० बजेका लागि बोलाइएको शपथ साँझ ५ बजेसम्मका लागि स्थगित भएको हो ।
मंगलबार प्रदेश प्रमुख परशुुराम खापुुङले नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुुक्त गरेका थिए ।
बहुमत नपुुगेपछि माओवादीबाट निर्वाचित सभामुुख बाबुुराम गौतमले राजीनामा दिएर मुुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
सभामुखबाट राजीनामा दिएका गौतमलाई मन्त्री बनाउने तयारी रहेका थियो । तर माओवादीबाट मन्त्री बन्नेमा अन्यको समेत आकांक्षा देखाएपछि विवाद देखिएको छ ।
प्रतिक्रिया