Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने

चिन्तन खबर

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो ।

नेकपा (एमाले्) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडामा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको हो ।

न्यायाधीश खतिवडाको एकल इजलासले यही भदौ ७ गते कोशी प्रदेश सरकारका नाममा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश भाबाट विश्वासको मत लिनुभएको थियो ।