Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दुरसञ्चार प्राधिकरणः स्वतन्त्र कर्मचारी युनियनको निर्वाचित उम्मेद्वारहरुद्वारा पदभार ग्रहण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दुरसञ्चार प्राधिकरणः स्वतन्त्र कर्मचारी युनियनको निर्वाचित उम्मेद्वारहरुद्वारा पदभार ग्रहण

चिन्तन खबर

काठमाडौं । शुक्रबार सम्पन्न भएको नेपाल दुरसंचार प्राधिकरणको आधिकारीक युनियन–स्वतन्त्र कर्मचारी युनियनको निर्वाचनमा विजयी उम्मेद्वारहरुले सपथ तथा पदभार ग्रहण गर्नुभएको छ । आइतबार एक समारोहकाबीच विजयी टीमले सपथ, पदभार तथा प्रमाणपत्र ग्रहण गर्नुभएको नवनिर्वाचित कोषध्यक्ष मनोज पौडेलले बताउनुभयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शिवराज जैशीले प्राधिकणको कर्मचारीकोलागि स्वतन्त्र कर्मचारी युनियन सबै कर्मचारीको साझा भएको बताउनुभयो । उहाँले प्राधिकरणमा कर्मचारीका समस्यालाई सम्बन्धित निकायमा समन्वय गरि सहजिकरण गर्न आफु र आफ्नो टीम लागि पर्ने बताउनुभयो ।

शुक्रबार सम्मन्न नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनको निर्वाचनमा जैशीको प्यानल विजयी भएको थियो ।

निर्वाचनबाट अध्यक्षमा जैशीसहित उपाध्यक्षमा सोनू केसि, सचिवमा राजु रिजाल, कोषध्यक्षमा मनोज पौडेल विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक, राधेश्याम मल्लले जित हासिल गर्नुभएको हो ।

निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार यूनियन अध्यक्षमा जैशीले प्रतिस्पर्धी कैलाश कार्कीलाई २० का विरुद्ध २३ मत ल्याउँदै हराउनुभएको हो ।

यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी हुनुभएकी सोनू केसिले २९ मत हासिल गर्नुभएको छ ।

यसैगरी सचिवमा बिजयी हुनुभएका राजु रिजालले ३१ मत ल्याउनुभएको छ । भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत हासिल गर्नुभयो । रिजालले सबैभन्दा धेरै मत ल्याएर लोकप्रिय भोट हासिल गर्नुभएको छ ।

कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याएर जित हासिल गर्नुभएको छ त्यस्तै उहाँका प्रतिस्पर्धी नवराज पुरीले १७ मत पाउनुभयो ।

यस्तै सदस्यहरुमा सागर कुमार भट्टराईले २६ मत, निरु कुमारी लेखकले २१ मत र राधेश्याम मल्लले २८ मत ल्याउनुभएको छ । तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा हुनु्हुन्थ्यो ।

निर्वाचनमा कुल ४३ मत खसेको थियो । नेपाल दूरसञ्‍चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियनमा सहभागी हुने र मतदान गर्ने अधिकार सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरुलाई रहेको छ।